Showing posts with label march8. Show all posts
Showing posts with label march8. Show all posts

Monday, February 1, 2016

Nari Diwas


नारी दिवस को दिन
आज निकै शक्तिशाली महसुस गर्दैथि ऊ
"नारी पुरुष बराबर हुन्
Stop the silence, raise your voice against women violence "
माइक बाट भट्याउदै थि ऊ
कार्यक्रम सकियो, फर्किन लागि  ऊ घर
सुन्धारा मा टक्क अडिएर कुर्न लागि मोटर
"बौद्ध जोरपाटी बौद्ध जोरपाटी "
चिच्याउदै आयो खलासी भाइ
सिट पाउने आशा  थिएन, टाउको निहुराएर उभिने ठाउँ पाई

सहेर बसी उसले चुरोट र  पसिना को दुर्गन्ध
हावा आउने झ्याल धोका थिए सबै बन्द
झ्याप्प लगाए ड्राइभर दाइ ले ब्रेक
झन्डै साइकल लाइ हानेको
महसुस गरि उसले कसैले उसको छाति छामेको
Intentionally होइन होला सोची, बोलिन उसले केहि
गाडी फेरी गुड्न थाल्यो स्पिड थियो त्यहि
छाति को हात बिस्तारै तल सर्न थालेछ
त्यो रुखो डरलाग्दो हातले उसलाई स्पर्श गर्न थालेछ
"भाइ, गाडी रोकन! " उसले चिच्याउदै बोली

नारी  दिवस को दिन
आज निकै कमजोर  महसुस गर्दैथि ऊ
नारी दिवस को दिन
चुपचाप, लाचार भइ बसेकी थि ऊ
नारी  दिवस को दिन
शिर निहुराएर घर फर्किन लागेकी थिई ऊ |